skip this

यी हुन् स्विमिङका फाइदा

1.28K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-स्विमिङले गर्मीबाट छुटकारा दिने मात्र होइन, तपाईंको सम्पूर्ण शरीरलाई तन्दुरुस्त पनि बनाउँछ । त्यही कारण यसलाई एक्सरसाइजको पर्फेक्ट माध्यमका रूपमा लिइन्छ । यो त्यस्तो सोबिक वर्कआउट हो. जुन शरीरका कुनै पनि अंगको अतिविना नै गर्न सकिन्छ । वृद्धदेखि कम उमेरका मानिसले पनि सजिलै स्विमिङ गरेर फाइदा लिन सक्छन् ।

• स्विमिङ गर्दा धेरै शक्ति खर्चिनुपर्छ । जसले मांसपेशीमा तागत अझ बढ्छ । पानी आफैमा एउटा शक्ति हो। यसमा तैरिंदा मांसपेशीका धेरै समूह सक्रिय हुन्छन् ।

• अनुसन्धानअनुसार स्विमिङले बोन मिनरल डेन्सिटी (बिएमडी) र फेमोरल बोन दुवैलाई नियन्त्रण गर्छ। यसो हुँदा शरीरका हड्डी वृद्धि हुन सहयोग पुग्छ र मजबुत पनि हुन्छन् ।

• स्विमिङले शरीरलाई लचकदार बनाउँछ । हृदयलाई फाइदा गर्छ। धमनीलाई सशक्त बनाउँछ मुटुलगाय शरीरका संवेदनशील भाग सुन्निएको अवस्थामा पनि नियमित स्विमिङ गरे ठीक हुँदै जान्छ ।

• स्विमिङबाट शरीरको क्यालोरी खर्च हुने भएकाले तपाईलाई फिट रहन सहयोग गर्छ । त्यस्तै, यसले मानसिक रूपमा प तपाईंलाई मजबुत र स्वस्थ बनाउँछ ।

nijgadh-supermart-adz1200-630