skip this farak Kura Pravakar

निजगढमा घरदैलोमै स्वास्थ्य सेवासहित अपाङ्गता भएका व्यक्तिको ३४ औं अन्तर्राष्ट्रिय दिवस मनाइने

657 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–निजगढ नगरपालिका नगर कार्यपालिकाको कार्यालयले अपाङ्गता भएका व्यक्तिको ३४ औं अन्तर्राष्ट्रिय दिवस २०२५ (२०८२ मंसिर १७ गते, बुधबार) विशेष कार्यक्रमसहित मनाउने भएको छ ।

“Fostering disability inclusive societies for advancing social progress” भन्ने अन्तर्राष्ट्रिय नारा तथा “अपाङ्गता समावेशी समाजको प्रवर्द्धनः सामाजिक उन्नतिको संवर्द्धन” भन्ने राष्ट्रिय नाराका साथ, नगरपालिकाले ‘क’ वर्गका अपाङ्गता भएका व्यक्तिहरुको घरदैलोमै स्वास्थ्य परीक्षण गर्ने विशेष कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो ।

यस कार्यक्रममार्फत अपाङ्गता भएका नागरिकलाई सहज, सरल र पहुँचयोग्य स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्य रहेको नगरपालिकाले जनाएको छ। कार्यक्रम सफल बनाउन नगरभित्रका सरोकारवाला निकाय, सामाजिक संस्थाहरू तथा सम्पूर्ण नगरवासीलाई सहकार्य र सहभागिताका लागि अनुरोध गरिएको छ ।

कार्यक्रमका समन्वयकर्ता जनस्वास्थ्य अधिकृत रमेश लामाले घरदैलोमै पुगेर चिकित्सकीय परीक्षण, आवश्यक परामर्श तथा स्वास्थ्य बिवरण संकलन गरिने जानकारी दिएका छन् ।

निजगढ नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मान, सहजीकरण र समावेशिताको भावनासहित दिनसमेत मनाउने तयारी गरेको छ ।

nijgadh-supermart-adz1200-630