जीतपुरसिमरा–१८ का वडा अध्यक्ष वाग्लेको सेवा–सुविधाबाट एकल महिला, दलित र अपाङ्ग परिवारलाई उन्नत गाईका बाच्छी वितरण हुने
वि.सं.२०८२ मंसिर १५ सोमवार २२:००

बारा–जीतपुरसिमरा उपमहानगरपालिका–१८ ले आर्थिक रूपमा कमजोर तथा सहारा आवश्यक परिवारहरूलाई लक्षित गरी उन्नत जातको गाईका बाच्छी वितरण गर्ने भएको छ ।
वडा अध्यक्ष चतुरबाबु वाग्लेले आफ्नो पदबाट प्राप्त हुने सेवा–सुविधा खर्च उपयोग गरी आर्थिक एकल महिला, दलित समुदाय, बौद्धिक अपाङ्ग र पूर्ण अपाङ्ग परिवारलाई जीविकोपार्जनमा टेवा पु¥याउने लक्ष्यसहित यो कार्यक्रम अघि बढाइएको वडा सचिव सीमा उप्रेतीले जानकारी दिईन ।
वडाका अनुसार इच्छुक लाभग्राहीहरूले सूचना प्रकाशित भएको मितिले ५ दिनभित्र नागरिकता प्रमाणपत्र र परिचयपत्रको प्रतिलिपि सहित वडा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।
यस कार्यक्रमका सम्बन्धमा वडासचिव सीमा उप्रेतीले सामाजिक रूपान्तरण तथा आत्मनिर्भरता अभिवृद्धिमा सहयोग पु¥याउने उद्देश्यले गाईपालनलाई रोजगारीमूलक माध्यमको रूपमा प्रवद्र्धन गर्न लागिएको बताइन् ।
वि.सं.२०८२ मंसिर १५ सोमवार २२:००
















