फ्याफुल्ला नकआउट फुटबल प्रतियोगिता : सहमती र फ्याफुल्ला बिजयी
वि.सं.२०८० असोज २० शनिवार २२:३६

बारा–बाराको निजगढ नगरपालिका वडा नम्बर १३ डम्बरपुरमा सञ्चालन भईरहेको फ्याफुल्ला नकआउट फुटबल प्रतियोगितामा शनिबार भएको खेलमा सहमती र फ्याफुल्ला बिजयी भएको छ ।
शुभ विजया दशमी–२०८०को पावन अवसरमा फ्याफुल्ला युवा क्लबद्वारा आयोजना गरेको प्रतियोगिता अन्तर्गत चौथो दिनको पहिलो खेलमा एनएफसी (हरियो) जर्सी निजगढ–९ लाई १–५ गोल अन्तरले हराउदै सहमति युवा क्लब (कालो) जर्सी निजगढ–१२ बिजयी भएको छ ।
एसवाईसीको खेलाडी जर्सी नम्बर १४ का बादल तामाङ र प्रज्वल परियारले समान २÷२ गोल गरेका थिए । त्यस्तै खेलको ५० औं मिनेटमा १ गोल थप्दै जोन पाख्रीनले एसवाईसीको टोलिलाई ५ गोलको फराकिलो जित दिलाएका हुन । एनएफसीको तर्फबाट जर्सी नम्बर ५ का खेलाडी विवेक थिङ्गले सान्त्वना १ गोल फर्काएका थिए ।
खेलको म्यान अफ द म्याच एसवाईसीका विक्रम वाईबा घोषित भए । उनलाई नेकपा (माओवादी केन्द्र) निजगढका अध्यक्ष सन्तोष दंगालले ट्रफि प्रदान गरे ।
त्यस्तै दोश्रो खेलमा वाई सि टि (रातो) जर्सी निजगढ–६ लाई पराजित गर्दै आयोजक फ्याफुल्ला क्लब (निलो) जर्सी विजयी भएको छ । खेलमा निर्धारित समयको खेलमा १–१ गोलको बराबरिमा टुंगिएपछि ट्राईब्रेकरमा ५–४ गोल अन्तरले फ्याफुल्ल बिजयी भएको छ ।
फ्याअफुल्ला फुटबलको गोलरक्षक निरोज थिङ्ग म्यान अफ द म्याच घोषित भए । उनलाई निजगढ वडा नं. १२ का वडा अध्यक्ष ज्ञानबहादुर गोलेले ट्रफि प्रदान गरे ।
प्रतियोगिता अन्तर्गत पाँचौ दिन आईतबार दुई वटा खेल हुदैछ । पहिलो खेल सपुजगण आधाभार र केवाईसी निजगढ–१३ बीच दिउसो ०१ः०० बजे हुनेछ छ ।
त्यस्तै दोस्रो खेल जनजागृती युवा क्लब निजगढ–५ भर्सेज रतनपुर युनाइटेड निजगढ–११ बीच अपरान्ह ०३ः०० बजे हुनेछ ।
वि.सं.२०८० असोज २० शनिवार २२:३६

















