निजगढमा महिला आवाज नेपालको कार्यालय उद्घाटन
वि.सं.२०८० असोज २० शनिवार २१:५४

बारा-बाराको निजगढमा क्रियाशिल सामाजिक संस्था महिला आवाज नेपालको शनिबार कार्यालय उद्घाटन गरिएको छ ।
निजगढ नगरपालिका–७ मा विभिन्न संघ संस्था तथा महिला राजनीतिकर्मी र महिला जनप्रतिनिधिहरुको उपस्थितिमा महिला आवाज नेपालको कार्यालयनेपाली कांग्रेसकी मधेस प्रदेश सदस्य सीता मैनालीले कार्यालय उद्घाटन गरेकी हुन् ।
महिलाहरुको हकहितमा काम गर्दै आएको सस्था महिला आवाज नेपालको कार्यालय उद्घाटन कार्यक्रममा मेचिमहाकाली बुहारी संयुक्त आवाज बाराकी अध्यक्ष चन्द्रीका मगर, उपाध्यक्ष सगुन लामा, शान्ती लामा, समुन्नत बहुउद्देश्य सस्थाकी अध्यक्ष कल्पना खरेल, नेपाल स्वयंसेवक संघ जिल्ला अध्यक्ष लक्ष्मी लम्साल, नेपाली कांग्रेस मधेस प्रदेश महिला तथा बालबालिका विभाग सदस्य सुभद्रा नेपाल, सीता लोप्चन, सीता अधिकार थापा, शान्ता सुबेदी, सोफिला योन्जन, ब्युटिसियन संघ निजगढकी अध्यक्ष डोल कुमारी श्रेष्ठ लगायत ४६ जनाको उपस्थिती रहेको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिती सदस्य कल्पना खरेल, चन्द्रिका मगरलाइ सम्मान गरिएको थियो ।
संस्थाकी अध्यक्ष सावित्रि बराल तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष सुन माया लोप्चनले स्वागत र सचिव शोभा तिमल्सिनाले संचालन गरेकी थिईन् ।
वि.सं.२०८० असोज २० शनिवार २१:५४
















