श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लालको ५१ औँ जन्मोत्सव सम्पन्न
वि.सं.२०८२ पुस १५ मंगलवार ११:५६

बारा–बाराको निजगढ–१० लालस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले ५१औँ जन्मोत्सव विविध कार्यक्रमसहित सोमबार मनाईएको छ ।
विद्यालय परिषरमा आयोजित जन्मोत्सव समारोहको निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले पानसमा बत्ती बालेर उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहलाई मेयर पुरी, पूर्व सांसद शिव देउवा, निजगढ नगरपालिकाकी उपमेयर सोममाया थिङ, वडा अध्यक्ष एवं व्यवस्थापन समितिका अध्यक्ष आशाकाजी श्रेष्ठ, गौरीशंकर माध्यमिक विद्यालय निजगढ ८ का प्रधानाध्यापक बद्रिनारायण झा, सार्वजनिक माध्यमिक विद्यालय बागदेवका व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद गौतम, नेकपा (एमाले) कि नेतृ दिपीका साह, नेपाली कम्यूनिष्ट पार्टीका नगर संयोजक सन्तोष दंगाल, नेपाली कम्यूनिष्ट पार्टीका नेता भिमप्रसाद सापकोटा, राप्रपा निजगढ नगर अध्यक्ष लिलाबहादुर राउत, जनमत पार्टी निजगढ नगर अध्यक्ष मोजहर मन्सुर, श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय लालका व्यवस्थापन समितिका अध्यक्ष शिद्धार्थ लोप्चनले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनानाथ साहले विद्यालयको प्रगति प्रतिवेदन, विद्यालयका लेखापाल महेश घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमको अवसरमा अभिभावकहरुलाई समेत सम्मान गरिएको छ । यसरी सम्मानित हुनेमा सुष्मा जिम्बा, रविलाल बोम्जन, जमुना पराजुली, स्मृति बुढाथोकी, रमिता लो, रमेश वाईवा, बालकृष्ण श्रेष्ठ रहेका छन् ।
त्यसैगरि जन्मोत्सव समारोह सफल बनाउन विभिन्न विद्यामा क्रियाशिल शिक्षकहरुलाई समेत सम्मान गरिएको छ ।
विज्ञान प्रदशर्नीतर्फ शिक्षक रमेश कुमार झा, हरिरहर राम देवकोटा, संगिततर्फ नानु कार्की, नानी सिंगतान, गायत्री घिमिरे, रिता पौडेल, मोती लामा रहेका छन् । त्यसैगरि फूड फेस्टिवलतर्फ हरिनारायण कुशवाह, नाटकतर्फ उपेन्द्र केशरी, रामबाबु प्रसाद बरई, लक्ष्मी रावल रहेका छन् ।
त्यस्तै पूर्व शिक्षिका सम्मानतर्फ मानमती भाटलाई सम्मान गरिएको छ ।
कार्यक्रममा कार्यपालिका सदस्य मनमाया मगर, वडा सदस्य मेघराज वाईवा, रेनु दर्जी, पूर्व वडा अध्यक्ष पदमबहादुर मोक्तान, पूर्व वडा सदस्य सरिता रिमाल, मगनी काकी, जमानसिंह घलान, पूर्व व्यवस्थापन समिति अध्यक्ष मिनराज रिमाल, सुब्वा सिंह लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै सार्वजनिक माध्यमिक विद्यालय बागदेवका प्रधानाध्यापक हस्तबहादुर लामा, गौरीशंकर माध्यमिक विद्यालय सडकटोलका अध्यक्ष थानेश्वर सापकोटा, निमित्त प्रधानाध्यापक श्रीहरी न्यौपाने, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रतनपुरका प्रधानाध्यापक दिनेश गुरो, भगवती आधारभूत विद्यालयका भक्तलालका प्रधानाध्यापक उदयराज अधिकारी, सरस्वती आधारभूत विद्यालय कोलगाँउका प्रधानाध्यापक सोमबहादुर कार्की, शिवशक्तेश्वर शिवशक्ति आधारभूत विद्यालयका प्रधानाध्यापक उमेश स्वर्णकार लगायत सहभागि थिए ।
वडा अध्यक्ष एवं व्यवस्थापन समितिका अध्यक्ष आशाकाजी श्रेष्ठलेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य सुनमाया लोप्चनले गितमार्फत र विद्यार्थी संगम भण्डारीले शब्दमार्फत स्वागत गरेका थिए भने शिक्षक रामबाबु प्रसाद बरईले सञ्चालन गरेका थिए ।
वि.सं.२०८२ पुस १५ मंगलवार ११:५६

















