skip this

विज्ञान प्रदर्शनी र खाद्य महोत्सवसहित पुस १४ मा नेरामावि लालको ५१ औँ वार्षिकोत्सव मनाइँदै

831 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराकाे निजगढ–१० लालस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले आफ्नो ५१औँ जन्मोत्सव विविध कार्यक्रमका साथ मनाउने भएको छ ।

विद्यालयले पुस १४ गते बिहान १० बजेदेखि वार्षिकोत्सव कार्यक्रम आयोजना गर्ने जनाएको छ ।

वार्षिकोत्सवका अवसरमा नृत्य, नाटक, विज्ञान प्रदर्शनी तथा खाद्य महोत्सव लगायतका विभिन्न सिर्जनात्मक र शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिने विद्यालयले जानकारी दिएको छ ।

कार्यक्रमले विद्यार्थीको प्रतिभा उजागर गर्नुका साथै समुदायसँग विद्यालयको सम्बन्ध अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक दिनानाथ साहले अभिभावक, शिक्षक, विद्यार्थी, जनप्रतिनिधि तथा सम्पूर्ण सरोकारवालालाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाउन हार्दिक निमन्त्रणा गरेका छन् ।

उक्त कार्यक्रम श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, निजगढ–१० लाल (बारा) को प्राङ्गणमा सम्पन्न हुनेछ ।

nijgadh-supermart-adz1200-630