skip this farak Kura Pravakar

चुरियामाईमा बस दुर्घटनामा ७ जना तीर्थयात्रीले ज्यान गुमाए ! तीन जनाको पहिचान खुल्यो

मृतकमध्ये एक नेपाली र दुई भारतीय

1.13K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको जीतपुरसिमरा–२२ स्थित चुरियामाई नजिक बस दुर्घटना हुँदा ७ जना तीर्थयात्रीले ज्यान गुमाएका छन् ।

बारा बस दुर्घटनामा ज्यान गुमाउने ७ मध्ये ३ जनाको सनाखत भएको छ । मृतकहरूमा महोत्तरीको लोहार पटी बस्ने बर्ष ४१ को बिजय लाल पण्डित, भारत राजस्थान बस्ने अन्दाजी ६७ वर्षीय बहादुर सिंह र ६५ वर्षीया मिरा देबी छन् ।

बाँकी तीन महिला र एक पुरूषको परिचय खुलाउने प्रयास भइरहेको डिएसपी न्यौपानेले जानकारी दिए ।

नेपाली र भारतीय तिर्थयात्री बोकेको मधेस प्रदेश ०३–००१ ख ७९९४ नम्बरको चालक सहित २७ यात्रु सवार बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको राजगमार्गबाट १५ मिटरतल खोलामा आज बिहान साढे २ बजे खसेको थियो ।

घाईते भारतीयहरुमा भारत राजस्थान बस्ने ४८ को घनश्याम चतुरबेदी, ५३ की माया देबी, ३५ को अनिल कुमार, बर्ष ५० को तारावती चतुरबेदी, निजकै नातिनि बर्ष ९ की क्रितिका चतुरबेदी , बर्ष ४८ को श्याम लाल माली रहेका छन ।

त्यस्तै अन्य घाईतेमा बर्ष ४७ को हरवारी माली, बर्ष ७० की चौथी देबी, बर्ष ७२ को सुरेस चन्द्र चक्रवती, ७३ को राम प्रसाद , बर्ष ६३ को धरम सिंह , बर्ष ६० की ईन्दु धाकद , बर्ष १६ की गर्बिदा चतुरबेदी, बर्ष ५४ को राम कुमार चतुरबेदी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम सुचना अधिकारी प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताउनु भएको छ ।

दुर्घटनामा १९ जना यात्रु घाईते छन् । दुर्घटनाको हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपाने जानकारी दिए ।

घाईतेहरुको अबस्थाका बारेमा बाराका प्रमुख जिल्ला अधिकारी नबराज सापकोटा, प्रहरी उपरीक्षक होबिन्द्र बोगटी लगायतले हेटौडा चुरेहिल अस्पताल पुगेर उपचार भईरहेको बारे निरीक्षण गरेका छन् ।

nijgadh-supermart-adz1200-630