फिलिपिन्सको मिन्डानाओमा ७.८ रेक्टरको शक्तिशाली भूकम्प, तटीय क्षेत्रमा सुनामी चेतावनी जारी
वि.सं.२०८३ जेठ २५ सोमवार १५:०९
288
shares

फिलिपिन्समा आज बिहान ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ, जसको केन्द्र दक्षिणी टापु मिन्डानाओस्थित जनरल सान्तोस सहर नजिक रहेको बताइएको छ। भूकम्प १० किलोमिटर (केही अन्य रिपोर्टअनुसार करिब ५० किलोमिटर) गहिराइमा गएको हो।
भूकम्पका कारण जनरल सान्तोस लगायत आसपासका तटीय क्षेत्रहरूमा भवन र संरचनाहरू क्षतिग्रस्त भएका छन्। केही स्थानमा विद्युत आपूर्ति अवरुद्ध भएको छ भने उद्धार तथा राहत कार्यहरू तीव्र पारिएको छ।
भूकम्पपछि फिलिपिन्सका साथै इन्डोनेसिया र मलेसियाका तटीय क्षेत्रहरूमा सुनामी चेतावनी जारी गरिएको छ। प्रशान्त महासागर सुनामी चेतावनी केन्द्रका अनुसार फिलिपिन्सका केही तटीय क्षेत्रमा करिब ३ मिटरसम्म अग्ला छाल आउन सक्ने जोखिम छ भने इन्डोनेसिया र मलेसियाका केही भागमा करिब १ मिटरसम्मका छालको सम्भावना रहेको छ।
स्थानीय समय अनुसार भूकम्प बिहान ७:३७ बजे (नेपाल समय ५:२२ बजे) गएको हो। अधिकारीहरूले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित उच्च स्थानतर्फ जान आग्रह गरेका छन्, किनभने भूकम्पपछि पनि परकम्पहरू आउने सम्भावना रहेको जनाइएको छ।
फिलिपिन्स “रिङ अफ फायर” क्षेत्रमा पर्ने भएकाले यहाँ बारम्बार भूकम्प र ज्वालामुखी गतिविधि हुने गर्दछ
वि.सं.२०८३ जेठ २५ सोमवार १५:०९

















