बाराकाे कोल्हबीमा राेकिराखेकाे बसमा मध्यरातमा आगजनी
वि.सं.२०७८ माघ १६ आइतवार १३:०७
1.53K
shares

बारा : बारा जिल्लाको कोल्हबी नगरपालिका-६ कुमारगढी गाउँमा अज्ञात समुहले बसमा आगजनी गरेकाे छ ।
स्थानीय तेज प्रताप चौधरीकाे यात्रु बस छठ घाटमा प्राङ्गणमा पार्किङ्ग गरिएर राखिएको अवस्थामा आगजनी भएकाे हाे । 
ना. ७ ख ३६३५ नम्बरको यात्रु बाहक बसलाइ शनिबार करिब १ बजे आगजनी भएकाे स्थानीयले बताएका छन् ।
कसले र किन बसमा आगजनी गरेकाे खुल्न सकेकाे छैन । आगजनीको बिस्तृत जानकारी आउन बाँकी रहेको र संलग्न व्यक्तिहरुको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७८ माघ १६ आइतवार १३:०७

















