skip this farak Kura Pravakar

बाबुले स्याललाई हानेकाे बन्दुकले छाेराकाे मृत्यु

939 shares
oil-nigam-amlekhgunj-adv.jpeg

पाल्पा : पाल्पामा बाबुले हानेको बन्दुकको छर्राले लागेर छोराको मृत्यु भएको छ।
मृत्यु हुनेमा रिब्दिकाेट गाउँपालिका–६  तल्लोतालका ३५ वर्षीय धनबहादुर लम्तरी रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।
५६ वर्षीय कर्णबहादुरले शुक्रबार बेलुकी ६ बजे भरूवा भन्दुकले मकै बारीमा आएको स्याललाई हानेका थिए।
स्याललाई ताकेको बन्दुकको छर्राले घरदेखि करिब १०० मिटर टाढा मकै बारीमा रहेका छोरालाई लागेर मृत्यु भएको त्वातीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ।

nijgadh-supermart-adz1200-630