skip this

पत्रकार विश्वकर्मा मृत्यु प्रकरण : मेडिकल काउन्सिलले छानबिन गर्ने

2.52K shares
oil-nigam-amlekhgunj-adv.jpeg

नेपाल मेडिकल काउन्सिलले सिभिल अस्पतालको लापरवाहीका कारण मृत्युवरण गरेका पत्रकार एलबी विश्वकर्माको घटनाबारे छानबिन गर्ने भएको छ।

श्रमजीवी पत्रकार सङ्घ नेपालसँग बुधबार काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले केकति लापरवाही भएको हो सोको विषयमा छानविन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

छानबिनका लागि काउन्सिलको टिमले तत्काल काम थाल्ने अध्यक्ष कोइरालाको भनाइ छ ।

टिभी टुडे टेलिभिजनमै कार्यरत पत्रकार विश्वकर्माको स्वास्थ्यमा अचानक समस्या देखिएपछि यही माघ ५ गते बुधबार राति ललितपुरस्थित पाटन अस्पतालमा मृत्यु भएको थियो ।

पत्रकार विश्वकर्मालाई सुरुमा उपचारका लागि नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा पुर्‍याए पनि पैसा नभएका कारण त्यहाँबाट फर्काइएको थियो ।

पत्रकार सङ्घ/सङ्गठनले समयमै उपचार नपाएर ज्यान गुमाएका पत्रकार एलबी विश्वकर्माको घटनाको न्यायिक छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने माग गर्दै आएका छन् । अछामको रामारोशन घर भएका २६ वर्षीय स्व विश्वकर्माका श्रीमती र तीन वर्षीय छोरा छन् ।

सङ्घले परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, परिवारलाई रोजगारी दिनुपर्ने र मृतकका छोराछोरीको पठनपाठनको व्यवस्था गर्नुपर्ने माग गर्दै सिभिल अस्पतालमा धर्ना दिँदै आएको छ ।

सङ्घले सिभिल अस्पतालले आफूखुसी छानबिन समिति गठन गरेको भन्दै तत्काल खारेज गरी नेपाल मेडिकल कान्सिलको नेतृत्वमा न्यायिक छानविन समिति गठन गर्नुपर्ने र पत्रकारलाई सिभिल अस्पतालसहित देशभरका अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने मागसमेत गरेको छ ।

सङ्घले पत्रकार विश्वकर्माको उपचारमा लापरवाही गरेको भन्दै आन्दोलन गर्दै आएको छ ।

उपचारका लागि सिभिल अस्पताल पुर्‍याइएका पत्रकार विश्वकर्मालाई कोरोना टेस्टविना उपचार नहुने भनेर लापरवाही गर्दा उनको मृत्यु भएको सङ्घको भनाइ छ।

उनले इमेज टेलिभिजन, जनता टेलिभिजन, इकागज डटकम लगायतमा काम गरेका थिए। राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपालले पत्रकार विश्वकर्माले सहज उपचार नपाउँदा निधन भएको जनाउँदै सो विषयमा तत्काल छानविन गरी उपचारमा लापरवाही गर्ने अस्पताललाई कारवाही गर्नुपर्ने माग गरेको छ ।

याे पनि….

https://faraknepal.com/10524

nijgadh-supermart-adz1200-630