skip this

माटोले पुरिएर हुम्लामा एक महिलाको मृत्यु

873 shares
oil-nigam-amlekhgunj-adv.jpeg

हुम्ला । हुम्लाको दक्षिणी भेगमा पर्ने खार्पुनाथ गाउँपालिका–१ प्यूसकी ३४ वर्षीया देवकी शाहीको माटोले पुरिएर मृत्यु भएको छ ।
माटो खन्दा उनको पुरिएर मृत्यु भएको गाउँपालिकाका अध्यक्ष अङ्गबहादुर शाहीले टेलिफोनमा जानकारी दिए ।

यसअघि उदयपुरमा शुक्रबार नाला खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर उदयपुरमा एक जनाको मृत्यु भएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका-१० बोक्सेस्थितमा नाला खन्ने क्रममा ५६ वर्षीय झर्कबहादुर सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए ।
नाला खन्ने क्रममा माटोको ढिस्को झर्दा उनको शरीरका विभिन्न भागमा चोट लागेको थियो । गम्भीर घाइते भएका सार्कीको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु प्रहरीले जनाएको छ।

nijgadh-supermart-adz1200-630