विकासको ढोका खोल्न निजगढ विमानस्थल अत्यावश्यक : महानिर्देशक अधिकारी
वि.सं.२०७८ माघ २१ शुक्रवार ०९:५५

काठमाण्डौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकको जिम्मेवारी प्रदीप अधिकारीको काँधमा आएको छ । राष्ट्रिय गौरबका आयोजनाको निर्देशकको जिम्मेवारीमा रहेका अधिकारी संस्थाको नेतृत्वमा पुगेका छन् ।
अधिकारीले प्राधिकरणमा अधिकांश समय आयोजनाहरुमा काम गरेका छन् । यसमध्ये निजगढ, पोखरा र गौतमबुद्ध विमानस्थललाई उनले केन्द्रमा रहेर राष्ट्रिय गौरवको आयोजना हेर्ने गरी जिम्मेवारी पाएका थिए । तर, उनले हेरिरहेका आयोजनाहरु अपेक्षित गति लिएको छैन् ।
त्यस्तै एक महत्वपूर्ण आयोजना निजगढ विमानस्थल साढे दुई दशकदेखि चर्चामा सिमित छ । निजगढ विमानस्थल निर्माणको मोडालिटी बनाएर त्यसलाई कार्यान्वयन योग्य बनाउने चुनौती पनि उनको काँधमा छ ।
कर्मचारी यूनियनहरुको तर्फबाट पदभार ग्रहण कार्यक्रममा बिहीबार महानिर्देशक अधिकारीले मुलुकको दीर्घकालिन विकासको ढोका खोल्न निजगढ विमानस्थल अत्यावश्यक रहेको भन्दै सो योजनालाई अगाडि बढाउने प्रतिवद्धता जनाएका छन् ।
यो पनि पढ्नुहोस्
https://faraknepal.com/8034
वि.सं.२०७८ माघ २१ शुक्रवार ०९:५५
















