skip this

फुटबल प्रशिक्षक अल्मुताइरी सम्मानित

747 shares
oil-nigam-amlekhgunj-adv.jpeg

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सम्मानित भएका छन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले अल्मुताइरीलाई नगदसहित सम्मान गरेका हुन् ।

गत कार्तिक १ गते बसेको मन्त्रिपरिषद्को बैठकले बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता हुन सफल नेपाली फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको थियो ।

असोज १५ देखि ३० गतेसम्म आयोजना भएको १३ औँ संस्करणको साफ च्याम्पियनसिपमा इतिहास रच्न सफल राष्ट्रिय टोलीका खेलाडीलाई जनही ५ लाख तथा प्रशिक्षकलाई ३ लाख नगद पुरस्कारले पुरस्कृत गर्ने निर्णय अन्तर्गत अल्मुताइरीलाई सम्मान गरिएको हो ।

सो समयमा अल्मुताइरी नेपालमा नरहेकोले उनलाई आज एक कार्यक्रमकाबीच सम्मान पत्र र नगद पुरस्कार वितरण गरिएको हो ।

nijgadh-supermart-adz1200-630