skip this

कार र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, २ घाइते

822 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बुटवल । बुटवलमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

रोकिरहेको २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार बुटवल उपमहानगरपालिका –१२ स्थित तामनगर ठोक्किएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएकाे छ ।  एक जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हाे । घटनामा गम्भीर घाइते २ जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको उनले बताए ।

 

nijgadh-supermart-adz1200-630