उपनिर्देशकलाई हटाउने चेतावनी
वि.सं.२०७८ माघ २९ शनिवार ०८:५७
717
shares

काठमाडाैं । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक अतुल बजगाईंलाई सेवाबाट हटाउने चेतावनी दिएको छ ।
१ वैशाख ०७७ बाट कार्यालयमा अनुपस्थित रहेका बजगाईंलाई सात दिनभित्र सफाइ पेस गर्न अन्तिम पटक समय दिने निर्णय प्राधिकरण सञ्चालक समितिको बैठकले गरेको हो ।
सात दिनभित्र चित्त बुझ्दो जवाफ पेस नगरे बजगाईंलाई सेवाबाट हटाइने प्राधिकरणले शनिबार सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ ।
बजगाईंलाई स्पष्टीकरण पेस गर्न गत वर्ष नै निर्देशन दिइएको थियो । तर, उनले जवाफ नै दिएनन्, बरु कार्यालय नै जान छाडे ।
त्यसपछि प्राधिकरणले १६ वैशाखमा सार्वजनिक सूचना जारी गरेर पुनः स्पष्टीकरण माग गरिएको थियो । उनले लामो समयसम्म जवाफ पेस नगरेपछि सरकारले कारबाहीको प्रक्रिया अगाडि बढाएको हो ।
वि.सं.२०७८ माघ २९ शनिवार ०८:५७
















