skip this

संसदीय दलकाे बैठक सुरु

1.46K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । सत्तासीन दल नेपाली काँग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।

एमसीसी र प्रधानन्यायाधीश विरुद्धको महाअभियोगबारे छलफल गर्न नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दलकाे बैठक सुरु भएको हो ।

भोलिको संसद बैठकमा एमसीसी टेबल गर्ने सरकारकाे तयारीका बीच काँग्रेसले संसदीय दलकाे बैठकमा छलफल थालेकाे छ ।

सत्ता गठबन्धनमा आबद्ध तीन दलका तर्फबाट संसद सचिवालयमा दर्ता गराइएको प्रधानन्यायाधीशविरुद्ध चाेलेन्द्र शम्शेर जबरा विरुद्धको महाअभियोग प्रस्तावपछिकाे विकसित घटना क्रमबारे पनि बैठकमा छलफल भइरहेको छ ।

साेमबार बसेकाे सर्वदलीय बैठकले संसद खुलाउन पहल गर्ने निर्णय गरेको थियो ।

nijgadh-supermart-adz1200-630