सडककै संसद चलाएर सभामुखमाथि युवा संघको व्यङ्गय (भिडियोसहित)
वि.सं.२०७८ फागुन ३ मंगलवार १७:२१

काठमाडौं । सभामुख अग्नी सापकोटाको भूमिकासंग असन्तुष्ट रहदै आएको नेकपा एमालेको युवा संगठन युवा संघले सडकमै संसद चलाएको छ ।
नयाँ बानेश्वरको सडकमा मंगलबार सांकेतिक विरोध स्वरुप प्रतिनिधि सभाको दृश्य देखाएर सभामुखविरुद्ध प्रदर्शन गरेका छन् ।
सांकेतिक रोस्टम घेराउ गर्दै संघले सांकेतिक रुपमा संसद बनाएर सभामुखविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरको हुन् । उनीहरुले ‘गैर सांसदलाई संसदमा निषेध गर, पार्टी फुटाउने षड्यन्त्र निषेध गर, संवैधानिक सर्वोच्चता कायम गर, संसदीय मर्यादा उल्लंघन गर्ने सभामुख राजीनामा दे, हत्यारा सभामुख राजीनामा दे’ लगायतका नारा लगाएका थिए ।
नेकपा एमाले विभाजनमा सभामुख सापकोटाले भूमिका खेलेको आरोप लगाउँदै एमालेले उनको राजीनामा माग्दै संसदमा अवरोध गर्दै आएको छ ।
प्रतिनिधि सभामा सत्ता पक्ष र प्रतिपक्ष दुवैको भूमिका युवा संघका नेताहरुले निभाएका थिए । सभामुखले बैठक प्रारम्भ गर्न साथ प्रतिपक्षमा रहेका सांसदहरुले नाराबाजी सुरु गरेका थिए ।
विरोध सभामा राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले सभामुखको भूमिकाप्रति आक्रोश पाखेका थिए । उनले गैरसांसदलाई बैठकमा सहभागि गराएर पार्टी विभाजनको लागि भूमिका खेलेको भन्दै हत्या आरोपी सभामुखले राजिनामा दिनुपर्ने धारणा राखेका थिए ।
हेर्नुस् भिडियो
वि.सं.२०७८ फागुन ३ मंगलवार १७:२१

















