skip this

एमसीसी साइडइफेक्ट : नेप्सेमा ३९ अंकको पहिरो

1.65K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल भएकै दिन यसको प्रभाव सेयर बजारमा परेको छ । आइतबार सेयर बजार परिसूचक नेप्सेमा ३९ अंकमाथिको पहिरो गएको छ ।
साताको पहिलो कारोबार दिन समेत रहेको यस दिन बजार खुलेको केही छिनमै ओरालो लाग्न थालेको नेप्से अन्तिम समयसम्म ३९ दशमलव ४० अंकले घट्दै २६ सय ९३ दशमलव १० अंकमा अडिएको हो ।
त्यसो त यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४ दशमलव ९९ अंकले घटेर ५१३ दशमलव ६४ अंकमा झर्न पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज नेप्सेका सबैजसो उपसूचक ऋणात्मक भएर बजार नै राताम्मे भएको छ । तर, आज युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावर लि.को सेयर मूल्य भने सर्किट लाग्ने गरी बढेको छ ।
झण्डै ४० अंकले घटेको बजारमा आज ४ अर्ब ८ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

nijgadh-supermart-adz1200-630