skip this

घाइतेलाई अस्पताल नलगी घरमा छाड्दा मृत्यु

1.04K shares
oil-nigam-amlekhgunj-adv.jpeg

जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका एक युवकलाई अस्पताल नलगी घर लैजाँदा मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका-१२ कुँवा निवासी ३० बर्षीय सन्दीप यादवको उपचार अभावमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्ना साथीसँग घर जाँदै गर्दा बुधबार राति उनी सवार मोटरसाइकल दुर्घटना भएको थियो । मोटरसाइकलको पछाडि बसेका उनी गम्भीर घाइते भएका थिए । उनलाई अस्पताल पुर्‍याउनुपर्नेमा मोटरसाइकल चालकले घरमै लगेर राखिदिएको पाइएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले बताए ।

‘तीन जना सवार भएको मोटरसाइकल आफैं दुर्घटना हुँदा यादव गम्भीर घाइते भएका रहेछन्’ डीएसपी बस्नेतले भने, ‘अस्पताल पुर्‍याउनुपर्नेमा घरको बरण्डामा लगेर छोडिदिएका रहेछन् ।’

घाइते भएका सन्दीपलाई घरमा लगेर छाडिदिने मोटरसाइकल धनीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630