धनगढीमा एमसीसीको विरोधमा माओवादीको भातृ संगठनको विरोध प्रर्दशन (फोटो फिचर)
वि.सं.२०७८ फागुन १२ बिहीवार १८:२९
2.04K
shares

धनगढ । सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा एमसीसीको विरोधमा नेकपा (माओवादी केन्द्र) को भातृ संगठनको विरोध प्रर्दशन गरेका छन् ।
माओवादीको भातृ संगठन अखिल क्रान्तिकारी विद्यार्थी, वाईसीएल, अनेमसंघ (क्रान्तिकारी) र दलित मुक्ति मोर्चा लगायतले संयुक्त आयोजनामा विरोध कार्यक्रममा भएको हो ।
धनगढीको चौराहाबाट सुरु भएको नाराबाजीसहित निस्केको ¥याली जिल्ला प्रशासन कार्यालय अगाडी पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभालाई केन्द्रीय सदस्य देवकी मल्ल, प्रदेश कमिटी सदस्य रमेश धामीले सम्बोधन गरेका थिए ।
विरोध कार्यक्रममा सुदुरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य अकल रावल, कुन्ती जोशी, देवकी मल्ल, नन्दबहादुर साउद, शान्ति नेपाली लगायत सहभागि थिए ।
तस्वीरहरु :


वि.सं.२०७८ फागुन १२ बिहीवार १८:२९
















