skip this

थानकोटमा माइक्रोमा मोटरसाइकल ठोक्कियो : एक जनाको मृत्यु

1.1K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । काठमाडौँको थानकोटमा माइक्रोमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
गए राति ११ बजे चन्द्रागिरि नगरपालिका ७ मा सडक छेउमा रोकिराखेको बा २ ख ७०४९ नम्बरको माइक्रोमा प्रदेश ३ ०२ ०११ प २९१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर ठोक्किँदा मोटरसाइकलका चालक २६ वर्षका आकाश रानाभाटको मृत्यु भएको हो ।
रानाभाटको उपचारका क्रममा राति साढे ११ बजे शहीद मेमोरियल अस्पताल कलङ्कीमा मृत्यु भएको प्रहरीको भनाइ छ । घटनाबारे थप छलफल भइरहेको बताइएको छ ।

nijgadh-supermart-adz1200-630