skip this farak Kura Pravakar

एमसीसी पारित गर्ने गठबन्धनको निर्णय, बानेश्वरमा चर्कियो आन्दोलन [फोटो फिचर]

1.77K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रतिनिधिसभा (संसद) बैठक आज बस्दैछ ।

(एमसीसी)नेपाल कम्प्याक्ट संसदमा टेबल भएपछि पटक-पटक सारिएको बैठक आज बस्न लागेको हो ।

यही फागुन ८ गते एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल भएको थियो । र, संसद बैठक १२ गतेसम्मका लागि स्थगित गरिएको थियो । तर, सत्ता गठबन्धनको कुरा नमिल्दा १२ गतेको बैठक अन्तिम समयमा सूचना टाँस गरेर १३ गते सारिएको थियो । १३ गते पनि बैठक बस्न सकेन । सूचना टाँस गरेर आजसम्म सारिएको हो । आजको बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

आजको बैठकको मुख्य एजेण्डा एमसीसी नेपाल कम्प्याक्ट नै हुनेछ । दलहरूबीच एमसीसीबारे एकमत नहुँदा बैठक नै अनिश्चित जस्तै भएको छ ।

प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता प्रतिनिधिसभा (संसद) बैठक आज बस्दै गर्दा भवन बाहिरको सडक भने अशान्त रहेकाे छ ।

सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी र अन्य दलका कार्यकर्ताहरु नै एमसीसी विरोधमा सडक प्रदर्शनमा उत्रिएका छन् ।

अहिले बानेश्वर क्षेत्र तनावग्रस्त रहेकाे छ ।

No description available.No description available.

nijgadh-supermart-adz1200-630