skip this farak Kura Pravakar

गैँडा मृत भेटियो

1.49K shares
oil-nigam-amlekhgunj-adv.jpeg

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कुदौली रेञ्जपोष्टको भित्री क्षेत्रमा एउटा भाले गैँडा मृतावस्थामा फेला परेको छ । जुधेर गैँडा मरेको प्रारम्भिक अनुमान गरिएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार खाग, खुर सुरक्षित अवस्थामा रहेका छन् । अन्दाजी १८÷२० वर्षको गैँडा मृतावस्थामा फेला परेको हो ।

यसअघि फागुन ९ गते निकुञ्जको खोरिया मुहान क्षेत्रमा बाघले खाएको अवस्थामा पाँच÷छ महिनाको बच्चा फेला परेको थियो । यो सँगै चालु आवमा प्राकृतिक कारणबाट २७ र चोरी सिकारीबाट दुई वटा गैँडा मरेका छन् ।

nijgadh-supermart-adz1200-630