skip this

व्याख्यात्मक टिप्पणीले एमसीसी परिमार्जन हुँदैन : सांसद रिजाल

762 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका सांसद डा. मिनेन्द्र रिजालले एमसीसी सम्झौताका सम्बन्धमा संसदमा व्याख्यात्मक टिप्पणी गरिए पनि त्यसले सम्झौतालाई परिमार्जन, विकसित वा परिवर्तन गर्न नसक्ने बताएका छन् ।

प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिँदै डा.रिजालले प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दलको आग्रहमा व्याख्यात्मक टिप्पणीका लागि सहमति जनाएको प्रस्ट पारे ।

उनले एमसीसी सम्झौताका कारण नेपाल रणभूमि बन्न थाल्यो भनेजसरी छलफल भइरहेकोमा पनि आपत्ति जनाए ।

सत्तामै रहेका दलका केही नेताले एमसीसीको समर्थन र केहीले आलोचना गर्दै आएकोमा पनि उनले असन्तुष्टि जनाए । उनले जनतालाई गुमराहमा राख्न नहुने प्रस्ट पारे ।

उनले नेपालजस्तो मुलुकले छिमेकी देशहरु र दातृ राष्ट्रबाट सहयोग लिनु स्वाभाविक भएको बताउँदै चीन, भारत र अमेरिका सबैको सहयोग नेपाललाई आवश्यक रहेको बताए ।

nijgadh-supermart-adz1200-630