skip this farak Kura Pravakar

पशुपति जाँदै हुनुहुन्छ ? यस्तो छ ट्राफिकको व्यवस्था

विशेष ट्राफिक योजना तयार

1.74K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । मंगलबार परेको महाशिवरात्रि पर्वको अवसरमा विशेष ट्राफिक योजना तयार पारिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पशुपतिमा हुने महाशिवरात्रिका लागि ट्राफिक व्यवस्थापनसम्बन्धी सबै तयारी पूरा गरेको हो । पशुपति क्षेत्रमा पूजाआजामा आउने भक्तजन एव दर्शनार्थीहरूको भीडभाडलाई मध्यनजर गरि सहज आवतजावतको प्रबन्ध मिलाएको महाशाखाको भनाइ छ । धेरै टाढा टाढाबाट भक्तजनहरू आउने हुनाले उनीहरुको सुविधाका लागी निर्वाध आवतजावतको व्यबस्था मिलाइएको छ भने गौशाला क्षेत्र आसपासमा छुट्टाछुट्टै स्थानमा पार्किङ गर्ने स्थानहरु समेत तोकिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
अन्य नियमित दिनझैँ चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्बाध रुपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको तर भक्तजनहरूको भिडभाड अत्याधिक भई सवारी संचालनमा समस्या हुने अबस्था देखिएमा उक्त रुटमा भक्तजन बाहेकका सवारीलाई बैकल्पिक मार्गबाट संचालनको व्यवस्था मिलाइने महाशाखाका प्रमुख एसएसपी उमेशराज जोशीले बताए ।

 

nijgadh-supermart-adz1200-630