skip this farak Kura Pravakar

काठमाडौं उपत्यकामा हराएको जेब्रा–क्रस..!

1.73K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं। काठमाडाैं आएको केही दिनमात्रै भएको थियो । टेलिभिजनमा देखेको जस्तै रहेछ, काठमाडौं शहर । ठुलठुला घर, पक्की सडक, गाडीहरुको चाप, मानिसको भीड, कुनै ठाउँ धेरै सफा र सुन्दर ! अनि कतै धुवाँधुलो र फोहोरको डङ्गुर । यो शहरलाई नियाल्दै म आफ्नो गन्तव्यतिर अघि बढिरहेकी थिएँ ।

जागिरको लागि गाउँको चिनेको एक जना दाइलाई भेट्न निस्केकी थिएँ । दाइले तिनकुनेमा अन्नपुर्ण पोष्टको कार्यालय नजिकै भेटौँ भन्नुभएको थियो । म बस चढेकी थिएँ, त्यहाँतर्फ पुग्न । मैले खलासी दाइलाई अन्नपुर्णको कार्यालय अगाडी ओराल्दिन भने । ल ! तिनकुने आउनुस् है ।

खलासी दाइले कराएर भनेपछि म बसबाट झरेँ । मैले मेरो अगाडि सडकको अर्काे छेऊमा एउटा मार्वल हाउस देखेँ । अन्नपुर्ण पोष्ट लेखिएको भवन पनि त्यही सडकको पल्लो पट्टि रहेछ । अब मैले सडक पार गरेर पल्लो छेऊ पुग्नु थियो । तर कसरी ?

गाडी गुडेको गुड्यै थिए । गाडी गुडेको रफ्तार हेर्दा यस्तो लाग्थ्यो, गाडीको पाङ्रा गुड्ने सडक बाहेक चालकले अरु केहीपनि देखि रहेका छैनन् । हाम्रो पहाड (चैनपुर, बझाङ्ग) मा गाडी र मानिस सँगै हिड्दा पनि डर लाग्थेन । हुन त त्यहाँ यति धेरै गाडी नै छैनन् ।

दुइ चार वटा जिपहरु त चल्छन् । तिनै जिपको अगाडि डर नमानेर हिड्दा आफुलाई धेरै बहादुर छु जस्तो लाग्थ्यो । जिपवालाले हर्न बजाएर बाटो छोड्न इसारा ग¥यो भने उल्टै आँखा तर्थें । तर बाटो भने छोड्थेँ । आफु जिल्लाको सदुरमकामको बासिन्दा भएका कारण होला, बाहिर बाट आएका चालकले स्थानीयसँग त्यति अल्झिन खोज्थेनन् ।

तर यहाँ त म आफँै अर्काे जिल्लाबाट आएकी मान्छे, त्यो पनि पहाडबाट । बाइक, स्कटर, कार अनि बसको हर्नको आवजले त झन् होपलेस जस्तै बनाईरहेको थियो । म यस्तो होहल्लाको आदि (बानी परेको) थिइनँ ।

त्यति बेला मलाई याद आयो, यस्तो व्यस्त सडकहरुमा मानिसलाई आवतजावतको लागि जेब्रा–क्रस बनाइएको हुन्छ । कालोपत्रे सडकमा सेतो रङको धर्साहरु कोरिएका हुन्छन् । जेब्रा–क्रसबाट बाटो क्रस गर्दा सडकमा गुरिहेका सवारी साधनले रोकिएर पैदलयात्रीलाई हिड्न दिन्छ भन्ने थाहा थियो ।

तर अहिले सम्म त्यसको प्रयोग भने गर्ने मौका मिलेको थिएनँ । अब म भएको ठाउँमा कतै जेब्राक्रस छ कि भनेर हेर्न थालेँ । गुडिरहेको गाडीहरुको टाएर भन्दा मुनिको सडकमा नियालेर हेरिरहेँ । गाडीको चापले होला मैले जब्रा–क्रस देख्न सकिन ।

कति बेला गाडीहरु कम होलान्, कति बेला पारी जाउँला जस्तो लाग्दैनथ्यो मलाई । यहि हतारले होला म भएको ठाउँमा जब्राक्रस छैन कि भनेर कोटेश्वर जाने बाटो तिर अलिक अगाडि सम्म पुगेँ, त्यहाँ पनि थिएन ।

म सायद गलत ठाउँमा जेब्राक्रस खोज्दैछु, मलाई बसले झारेको ठाउँमा जेब्राक्रस हुन्छ भन्ने छैन नि ! पहिलेकै ठाउँमा उभिएर म सोच्दै थिएँ । तर यात्रु प्रतिक्षालय नजिक जेब्राक्रस बनाइएको हुन्छ यति चै मलाई थाहा थियो । म ओर्लेको ठाउँमा प्रतिक्षालय थियो । केही मानिसहरु आफ्नो गन्तव्यमा जानको लागि बस पर्खिरहेका थिए ।

त्यसो भए के म उभिएको ठाउँमा जेब्राक्रस छैन त ? म अब सडक पारी कसरी जाने भनेर सोच्दै भुइतिर हेरिरहेँ । कालोपत्रे सडकमा अलिकति केही सेतो रङ जस्तो देखेँ । कसैले सेतो रङको डिब्बा लग्दै गर्दा छिचोल्लिएर अलिकति बाटोमा पोखिए जस्तो । तर हैन ! त्यो त जब्राक्रस थियो । जो पुरै मेटिसकेको थियो ।

मैले साचेकै जस्तो जेब्राक्रस सहि ठाउँमा थियो । तर सायद त्यसको आयु सकिएको थियो । यस्तो व्यस्त सडकमा रहेको जेब्राक्रस नदेखिने भइसक्दा पनि कसैले किन नदेखेको होला ?

अझ कसैले भन्दापनि सम्बन्धित निकायले किन वास्ता नगरेका होलान् ? यसलाई सामान्य सोच्दा यसले कति सम्मको क्षति गर्न सक्छ, यो कुराको गम्भिरतालाई सम्बन्धित निकाय र सर्वसाधारणले बुझ्नुपर्ने होइन र ?

सवारी चालकले अन्य ठाउँको भन्दा जेब्राक्रसभएको ठाउँमा आफ्नो गति सीमित गरेमा दुर्घटना हुनबाट बच्छ । तर त्यसको लागि जेब्राक्रम देखिन पर्छ । यो बाहेक जेब्रा–क्रसबाट हिड्दा कतै दुर्घटना भइहालेमा पनि घाइतेले उपचारको लागि सहायता पाउँछ ।

केही मानिसहरु तिव्र गतिमा आइरहेका गाडीहरुको अगाडिबाट आफुलाई पायक पर्ने ठाउँमा बाटो काटिरहेका थिए । मैले त्यो हिम्मत गर्न सकिन । किनकी म आफँै नियममा बस्नुपर्छ भन्ने सोच भएकी मान्छे । र विद्यालयमा पनि अनुशासनमा सधैँ पुरस्कार पाउथेँ ।

मलाई कुनै पनि काम नियम र अनुशासनमा बसेर गरियो भने धेरै हिम्मत र हौसला बढेको महसुस हुन्छ । त्यसैले म नियमको पालना गर्न खोज्छु । यतिमात्रै नभएर अनुशासन र नियममा बाँधिनु भनेको सभ्यताको पहिचान पनि हो । र असभ्य भएर बाँच्नुको कुनै अर्थ नै हुदैन ।

अन्तमा, हराएको जेब्राक्रसलाई खोजेरै म पारी पुगेँ ।

nijgadh-supermart-adz1200-630