skip this

कांग्रेस धनुषा सभापतिमा योगेन्द्र पजियार

1.75K shares
oil-nigam-amlekhgunj-adv.jpeg

धनुषा । नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित हुनुभएको छ ।

दोस्रो चरणको निर्वाचनबाट सन्तोष यादवलाई पराजित गरी उहाँ निर्वाचित हुनुभएको हो ।

शुक्रबार राति आएको मतपरिणामअनुसार पजियार ६८९ को मतान्तरले निर्वाचित हुनुभएको छ । कूल खसेको दुई हजार ८१४ मतमध्ये पजियारले एक हजार ७३५ र यादवले एक हजार ४६ मत प्राप्त गर्नुभएको थियो भने ३३ मत बदर भएको निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

कूल तीन हजार ११९ मतदाता रहेकोमा दोस्रो चरणको निर्वाचनमा दुई हजार ८१४ मत खसेको थियो ।

पहिलो चरणमा नतिजा आउन नसकेपछि दोस्रो चरणका लागि शुक्रबार मतदान भएको थियो ।

nijgadh-supermart-adz1200-630