skip this

नेपाली कांग्रेस सर्लाहीको सभापतिमा सुरेन्द्र प्रसाद सिंह विजयी

2.22K shares
oil-nigam-amlekhgunj-adv.jpeg

सर्लाही । नेपाली कांग्रेसको १४ महाधिबेशन अन्र्तगत नेपाली कांग्रेस सर्लाहीको जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा सुरेन्द्र प्रसाद सिंह विजयी भएका छन् ।
आईतबार राती पौने १२ बजे सार्वजनिक मत परिणाम अनुसार सभापति उम्मेद्वार सुरेन्द्र प्रसाद सिंह सहित एकजना बाहेक उक्त प्यानलका सम्पूर्ण उम्मेद्वार विजयी भएका छन् । संस्थापन ईतरबाट उपसभापतिमा नवीन अधिकारी एकमात्र उम्मेद्वार विजयी भए ।

विजयी सिंहले १ हजार ७५८ मत ल्याए भने उनका निकतम प्रत्यासी लक्षमन रायले १ हजार ३७८ मत पाए । सभापतिमा विजयी सिंहले संस्थापन ३८० बढी मत ल्याए । ३ हजार २७५ मत मध्ये ३ हजार १७४ मत खसेको थियो ।
त्यस्तै उप–सभापतिमा संस्थापनकै डा. सरोज कुमार (राजु) १ हजार ७६४ र संस्थापन ईतरका नविन अधिकारी १ हजार ४९३ मतका साथ विजयी भए भने उपसभापतिमा पराजित संस्थापनका शेख सदुल्लाहले १ हजार ४७४ र ईतरका रविनन्दन चौधरीले १ हजार ३१४ मत मात्र प्राप्त गरे । उपसभापति विजयी र पदाधिकारीमा सबैभन्दा बढी लोकप्रिय मत ल्याउने डा. सरोज निवर्तमान जिल्ला सभापति नागेन्द्र कुमार रायका छोरा हुन् ।

त्यस्तै सचिबमा संस्थापनका निरज कार्की १ हजार ७२६ र मनोज यादव १ हजार ४२६ मतका साथ विजयी भए । ईतरबाट सचिबका प्रत्यासी कृष्णराज रायमाझीले १ हजार ४१२ र नरेन्द्र भट्टराईले १ हजार ३९९ मत मात्र पाए ।

त्यसैगरी सह–सचिवमा संस्थापनकै ईन्द्र बहादुर योञ्जन १ हजार ७११ र सुनिल कुमार कुशवाहा १ हजार ५७९ मत सहित विजयी भएका छन् । ईतरका सुर्य बहादुर खड्का १ हजार ३६५ र दिनेश मिश्र १ हजार २३७ मत मात्र पाउँदा पराजित भए ।

nijgadh-supermart-adz1200-630