skip this

नेपाली कांग्रेस बाराको सभापतिमा राजेश राय यादब विजयी

५२ मतले पछि परेका शम्भु बुढाथोकी पराजित

2.77K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । नेपाली कांग्रेसको १४ महाधिबेशन अन्र्तगत नेपाली कांग्रेस बाराको जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा राजेश राय यादब विजयी भएका छन् । उनी कलैया उपमहानगरपालिकाका मेयर समेत हुन् ।

कांग्रेस बारामा कुल २ हजार ४ सय ८२ मतदाता रहेकोमा २४ सय ८ मत खसेकोमा यादबले एक हजार २ सय ६ मत ल्याएर विजयी भएको जिल्ला निर्वाचन अधिकृत राजकुमार उप्रेतीले जानकारी दिए ।
आइतबार राती सार्वजनिक मत परिणाम अनुसार यादबले क्रमश ४ क्षेत्र वाट क्रमश : २४१, ३९८, २०८, २८६ मत ल्याएका छन् ।

यो पनि..
बारा कांग्रेस अधिवेशन : बहुमत नपुग्दा दोस्रो चरणमा धकेलियो, इतर समूह ‘आउट‘

दोस्रो चरणको निर्वाचनमा ५२ मतले पछि परेका शम्भु बुढाथोकी पराजित भएका छन् । उनी जिल्ला संगठन विभाग प्रमुख एवं संविधान सभा सदस्यका प्रत्यासी समेत हुन् ।

यो पनि..
राजेश राय यादब काग्रेस बाराको सभापति पक्का !

पहिलो चरणको निर्वाचनमा संस्थापन इतरका रामानन्द यादब बाहिरिएपछि संस्थापनका यादब र बुढाथोकी विच प्रतिष्पर्धा भएको थियो । दोस्रो चरणको निर्वाचनमा तेस्रो भएका यादवले राजेश यादबलाई र उनका समुहका युवा नेताहरुले बुढाथोकीलाई समर्थन गरेका थिए ।

त्यसैगरि बाराका दुई प्रभावशाली नेताहरु एक/एक जनालाई समर्थन गरेका थिए । सहमहामन्त्री तथा पूर्वमन्त्री उमाकान्त चौधरीले यादबलाई र फर्मुला मन्सुरले बुढाथोकीलाई समर्थन गरेका थिए ।

७ पदाधिकारी सहित ८० जनाको कार्यसमितिको लागि २ सय ३२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

nijgadh-supermart-adz1200-630