सवारी लाइसेन्सको अनलाइन आवेदन भोलिदेखि बन्द
वि.सं.२०७८ फागुन ३० सोमवार १७:२८
1.51K
shares

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ ।
सार्वजनिक सूचना निकाल्दै विभागले अहिलेसम्म परेका अनलाइन आवेदनको कारबाही जतिसक्दो चाँडै टुंग्याउनुपर्ने भएकाले भोलिबाट आवेदन बन्द गरिएको जनाएको छ ।
अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन प्रणाली बन्द हुने विभागका प्रवक्तासमेत रहेका निर्देशक डा. लोकनाथ भुसालले जानकारी दिए ।
सेवाग्राहीको असुविधाप्रति विभागले क्षमा पनि मागेको छ ।
वि.सं.२०७८ फागुन ३० सोमवार १७:२८

















