skip this

पहिरोले १४ मेगावाटको घारखोला जलवधिुतको पावरहाउसमा क्षती, एक जना सुरक्षा गार्ड वेपत्ता

45 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौ-म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ६ घारको पोखरेबगर स्थित १४ मेगावाट क्षमताको घारखोला जलविधुत आयोजनाको पावरहाउस पहिरोले पुरेको छ । पहिरोमा परी एक जना सुरक्षा गार्ड वेपत्ता रहेको आशंका छ ।

राती ३ बजे पावरहाउसको पछाडी रहेको ल्यासीको भीरबाट रकफल भै खस्दा पावरहाउसमा क्षती पुग्नुको साथै त्यहाँ सुरक्षार्थ खटिएका खिमबहादुर वरुवाल (दिपक) सम्पर्कमा नआएको स्थानीय प्रेमबहादुर बरुवालले बताए ।

‘राती भएकोले धेरै देखिएको छैन । पावरहाउसको पछाडी रहेको पहाडको माथिल्लो पत्र खसेर गार्ड हाउस समेत पावरहाउसको केही खण्ड पुरिएको देखिन्छ । सुरक्षा गार्ड सम्पर्कमा आउनु भएको छैन, खोज्दै छौं’ उनले बताए ।

०८० असार बाट यो पावरहाउस सञ्चालनमा आएको थियो । अन्नपूर्ण गाउँपालिका, ५ कुरिलाखर्कमा बाँध बनाई घारखोलाको पानी ३ हजार ५ सय मिटर लामो सुरुङबाट सोही गापा, ६ अमिलाकाफल स्थित आउटलेटबाट १२ सय मिटर पेनस्टक पाईपमा ४ सय ८५ मिटर हेडबाट बेनी–जोमसोम सडकको पोखरेबगरमा रहने विधुत गृहमा जोडिएको छ ।

nijgadh-supermart-adz1200-630