skip this

प्रशासनिक ढिलाइले तीन पालिकाका भवन निर्माण प्रभावित भयो : नेकपा एमाले म्याग्दीअध्यक्ष सुवेदी

57 shares
oil-nigam-amlekhgunj-adv.jpeg

म्याग्दी – प्रशासनिक स्वीकृति र आवश्यक समन्वयमा भइरहेको ढिलाइका कारण म्याग्दीका तीन स्थानीय तहका प्रशासनिक भवन निर्माण प्रभावित भएको नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले बताउनुभएको छ ।

बुधबार बेनीमा जिल्ला समन्वय समिति म्याग्दीले आयोजना गरेको संघ तथा प्रदेश सरकारअन्तर्गतका विकास आयोजनाको समीक्षा कार्यक्रममा बोल्दै अध्यक्ष सुवेदीले महत्वपूर्ण पूर्वाधार निर्माणका कामलाई प्रशासनिक प्रक्रियाको नाममा लामो समय अल्झाउन नहुने बताउनुभयो ।

उहाँका अनुसार स्थानीय तहका प्रशासनिक भवन निर्माणमा देखिएको समस्या समाधान गर्न सम्बन्धित प्रशासनिक निकायले आवश्यक सहजीकरण गर्नुपर्ने भए पनि प्रक्रियागत जटिलताका कारण काम अघि बढ्न सकेको छैन । यसको प्रत्यक्ष असर स्थानीय तहको सेवा प्रवाहमा समेत परेको उहाँको भनाइ छ ।

अध्यक्ष सुवेदीले विकास आयोजनाहरू समयमै सम्पन्न गर्न संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो । कानुनी, प्रशासनिक तथा प्रक्रियागत समस्या समयमै समाधान नगर्ने हो भने विकासका योजनाले अपेक्षित गति लिन नसक्ने उहाँले बताउनुभयो ।
समीक्षा कार्यक्रममा म्याग्दीमा संघ र प्रदेश सरकारअन्तर्गत सञ्चालनमा रहेका विभिन्न विकास आयोजनाको प्रगति, कार्यान्वयनका क्रममा देखिएका समस्या तथा आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो ।

कार्यक्रममा जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

nijgadh-supermart-adz1200-630