प्रगतशील पत्रकार संघका पूर्वअध्यक्ष उदय जिएम प्रेस सेन्टरमा प्रवेश
वि.सं.२०७८ चैत १ मंगलवार १६:१४
1.01K
shares

काठमाडौं । नेपाल पत्रकार महासंघका उपाध्यक्ष उदय जिएम नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन् ।
मंगलबार माओवादी अध्यक्ष प्रचण्डले जिएमलाई खादा लगाएर प्रवेश गराएका हुन् ।
नेकपा (मसाल) निकट प्रगतशील पत्रकार संघका पूर्वअध्यक्ष जिएमले मसालको विवाद बढ्दै गएपछि केही समयअघि सो समूहबाट आफूलाई अलग गरेका थिए ।
पार्टीभित्र बढ्दो अन्तरविरोध प्रवृत्ति बढ्दै गएको भन्दै २०७८ पुष ७ गते राजीनामा दिएका थिए ।
दाङलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरेका जिएमलाई माओवादी प्रवक्ता कृष्णवहादुर महरा, प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटालगायतका नेताहरूले स्वागत गरेका थिए ।
वि.सं.२०७८ चैत १ मंगलवार १६:१४

















