skip this farak Kura Pravakar

प्रचण्डको सचिवालयका नाममा आर्थिक डिल गरेपछि..!

‘सामाजिक सञ्जालमा मेरो नाम र फोटोको दुरुपयोग

1.64K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयमा रहेका व्यक्तिको नाममा अनधिकृत व्यक्तिले फेक आइडी खोलेर आर्थिक र व्यवसायिक डील गरेको पाइएको छ ।

प्रचण्डको नीजि सचिवालय सदस्यका नाममा सामाजिक सञ्जालमार्फत खाता खोलेर आर्थिक लगायतका व्यवसायिक डिल हुन थालेको पाएपछि प्रहरीमा उजुरी दिएको प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

मल्लका अनुसार आफ्नो नाममा नक्कली टेलिग्राम खाता खोलेर व्यवसायिक डिल गरेको पाइएकाले प्रहरीमा खबर गरिएको हो ।

‘सामाजिक सञ्जालमा मेरो नाम र फोटोको दुरुपयोग गरि नक्कली account खडा गरेर आर्थिक लगायतका विभिन्न व्यवसायीक डिल गरेको पाइएकोले त्यस प्रकारको शंकास्पद च्याट र म्यासेजहरु प्राप्त भएमा मलाई जानकारी गराउनुहुन हार्दिक अनुरोध गर्दछु’, मल्लले सामाजिक सञ्जालमा मंगलबार भनेका छन्, ‘मेरो, हाम्रो पार्टी र नेतृत्वको बदनाम गर्ने उद्देश्यले केहि अपराधी गिरोह सक्रिय रहेको स्पष्ट भएको छ।

यो हद दर्जाको अपराध अक्षम्य छ।

telegram नामको account को fake id को मैले प्रहरीमा खबर गरि कारबाहीको माग गरिसकेको पनि जानकारी गराउँदछु ।’

nijgadh-supermart-adz1200-630