skip this farak Kura Pravakar

मोरङको कटहरी गाउँपालिकामा करोड बढी रुपैँया हिनामिना

खोलाको ठेक्का लगाउँदा करोड बढी हिनामिना भएको आरोप

2.31K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । मोरङको कटहरी गाउँपालिकाले खोलाको ठेक्का लगाउँदा करोड बढी हिनामिना भएको आरोप लागेको छ ।

गाउँपालिकाको २ नम्बर वडाध्यक्ष किशोरकुमार पाण्डेले विराटनगरमा आज पत्रकार सम्मेलन गरी गाउँपालिकाले खोला ठेक्का लगाउँदा गाउँपालिकाले करोड बढी नोक्सानी व्यहोर्नुपरेको दाबी गरे ।

उनका अनुसार कटहरीमा पर्ने लोहन्द्रा खोलाबाट नदीजन्य वस्तु उत्खनन् र निकासीको ठेक्का लगाउँदा ठेकेदारसँग मिलेमतो भएको हो ।

गाउँपालिकाले भदौ महिनामा १ करोड ७३ लाख रुपैयाँमा लागेको खोला ठेक्का रद्ध गरेर फागुन १ गते जम्मा ७४ लाखमा फेरि ठेक्का लगाइएको थियो । पाण्डेले ठेकेदारसँग मिलेमतो गरेर दोश्रो पटक खोला ठेक्का लगाउँदा गाउँपालिकालाई १ करोड रुपैयाँ नोक्सानी भएको दाबी गरे ।

यस्तै गाउँपालिकाले फागुन अन्तिम साता विशेष गाउँसभा आयोजना गरेर बजेट संशोधनमार्फत ठूलो रकम दुरुपयोग गर्ने योजना बनाएको आरोप पनि उनको छ । ‘विशेष गाउँ सभाले बजेट संशोधन गरी विभिन्न शीर्षकमा ६३ लाख रुपैयाँ विनियोजन गरेको थियो । ६३ लाख रुपैयाँमध्ये २३ लाख रुपैयाँ मर्मत सम्भार शीर्षकमा एकमुष्ट (अबण्डा) राखेर अध्यक्षले मनोमानी खर्च गर्न सक्ने गरी अधिकार दिइएको छ,’ उनले पत्रकार सम्मेलनमा भने । कार्यकाल ६० दिनमात्र बाँकी रहेको र विकासका नियमित कामहरु भइरहेको बेलामा २३ लाख रुपैयाँ अबण्डा राख्नुको नियत भ्रष्टाचार गर्ने भएको उनको दाबी छ ।

परिमार्जित बजेटमा इन्धन खर्चका लागि थप १२ लाख रुपैयाँ विनियोजन गर्नुको नियत पनि गलत रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । ‘गाउँपालिकाले चालू आर्थिक वर्षको बजेटमा विनियोजन गरेको १२ लाख रुपैयाँ ८ महिनामा खर्च भइसकेको छैन, आर्थिक वर्ष सकिन अब चार महिना मात्र बाँकी छ,’ वडाध्यक्ष पाण्डेले भने, ‘अब ४ महिनामा १२ लाख रुपैयाँ थप बजेट इन्धनका लागि किन विनियोजन गर्नुप¥यो बुझ्नुहोला ।’

यसैगरी विपन्न स्वास्थ्य उपचारको शीर्षकबाट चालू वर्षको आठ महिनामा १० लाख रुपैयाँ खर्च गरेको र गाउँपालिकाका २ सय जनाले उक्त रकम खर्च गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । विशेष गाउँसभाबाट उक्त शीर्षकमा फेरि ८ लाख रुपैयाँ थप गरेर बाँड्ने योजना बनाएको भन्दै वडाध्यक्ष पाण्डेले भने, ‘यस अघि वितरण गरेको स्वास्थ्य उपचार खर्च वास्तविक विपन्‍नले नपाएको बरु गाउँपालिका अध्यक्षका कार्यकर्ताहरूलाई वितरण गरेर दुरुपयोग गरियो, फेरि पनि रकम थपेर दुरुपयोग गर्नु उचित हुँदैन भनेर विरोध गरेका हौं ।’

कटहरी गाउँपालिकामा भएको अनियमितता, भ्रष्टाचार र दुरुपयोगसम्बन्धी विषयमा छानविन समिति गठन गरेर छानविन गर्न पटक–पटक आवाज उठाउँदा पनि सुनुवाई नभएपछि विरोधमा उत्रिनु परेको अध्यक्ष पाण्डेले बताए ।

अब कानुनी र जनताका बीच भण्डाफोर गर्ने दुवै काम एकसाथ अगाडि बढाउने तयारी गरेको माओवादी केन्द्रले जनाएको छ । ‘अब हामी हरेक वार्ड र टोलटोलमा पुगेर गाउँपालिकाले गरेको भ्रष्टाचार र अनियमितताको विषय जनतालाई प्रष्ट रुपमा भन्नेछौँ,’ अध्यक्ष पाण्डेले भने, ‘जनताका बीचमा उनीहरुले गरेको गलत कामहरुको भण्डाफोर गर्नेछौं ।’

यसअघि माओवादीबाट प्रतिनिधित्व गर्ने वडाअध्यक्ष तथा जनप्रतिनिधिहरुले गाउँपालिका प्रमुखको मिलेमतोमा करोडौं रकम हिनामिना भएको र राजश्व रकममा भएको अनियमितता छानविन गर्न माग गर्दै विशेष गाउँसभा बहिष्कार गरेका थिए ।

उनीहरुले कटहरी गाउँपालिकाले लोहन्द्रा खोलाबाट गिटी बालुवा उत्खनन् गर्न ठेक्का लगाउँदा ठेकेदारसँग मिलेमतो गरेको र गाउँपालिकालाई १ करोडभन्दा बढी रकम नोक्सानी गरेको भन्दै छानविनको माग गरेका थिए ।

nijgadh-supermart-adz1200-630