विश्वकप लिग-२ : आज नेपाल यूएईविरुद्ध खेल्दै
वि.सं.२०७८ चैत ४ शुक्रवार ०७:२१
1.61K
shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय श्रृङ्खलामा नेपालले शुक्रबार यूएईसँग खेल्दैछ। नेपाल र यूएई बीचको खेल शुक्रबार बिहान सवा ११ बजेबाट हुँदैछ ।
नेपाल र यूएई चिरपरिचित प्रतिद्वन्द्वी हुन्। नेपाल र यूएईले चार पटक अन्तर्राष्ट्रिय एक दिवसीय खेलेका छन्। जसमा नेपाल र यूएईले समान दुई-दुई पटक जित हात पारेका छन्।
नेपाल यसअघि पपुवा न्युगिनीमाथि विजय भएकाले यूएईविरुद्ध उत्साहका साथ मैदान उत्रिदै छ।
वि.सं.२०७८ चैत ४ शुक्रवार ०७:२१
















