skip this

चुनावमा सामाजिक सञ्जालमा के–के गर्न पाइँदैन ? यस्ताे छ अंकगणित

विदेशी नम्बर प्लेटको सवारी साधन निषेध

1.62K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं।

निर्वाचन आयोगले राजपत्रमा प्रकाशित गराएको निर्वाचनसम्बन्धी आचारसंहितामा सामाजिक सञ्जाल प्रयोगबारे स्पष्ट गरिएको छ ।

आचारसंहिताको परिच्छेद २ अन्तरगत ‘सबैले पालना गर्नुपर्ने आचार’ शीर्षकको व्यवस्थामा दफा ३ बमोजिम व्यक्ति, संस्था, निकाय तथा अधिकारीले विभिन्न आचरणको पालना गर्नुपर्ने भनिएको छ।

जसअनुसार सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने स्पष्ट गरिएको छ ।

त्यसैगरी सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पर्ने उद्देश्यले होच्याउने, अपमान गर्ने, हेट स्पिच दिने, जस्ता भ्रामक टिकाटिप्पणी गर्न रोक लगाइएको छ भने कुनै प्रयोजनको लागि प्रकाशन वा प्रशारण भएको सूचना सामग्रीलाई तोडमोड गरेर सामाजिक सञ्जालमा शेयर गर्न पनि रोक लगाइएको छ ।

यस्तै निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा झूटा साइट र एकाउन्ट सञ्चालन गर्न/गराउन पाइने छैन ।

‘मानहानी हुने वा त्यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रशारण गर्न वा गराउन नहुने’, पनि आचारसंहितामा भनिएको छ ।

nijgadh-supermart-adz1200-630