skip this

नेपालमा कला–संगितको क्षेत्रले लोभलाग्दो तरिकाले फड्को मारेको छ : मन्त्री कार्की (भिडियोसहित)

कलाक्षेत्रको कार्यक्रममा प्रयाप्त समय नदिएको भन्दै गुनासो

1.87K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं । सूचना सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले कला, संगित नेपालको अमुल्य निधि भएको बताएका छन् ।

दोस्रो नेपाली आर्ट कल्चर र म्यूजिक अवार्ड कार्यक्रममा कार्यक्रमलाई काठमाण्डौंमा सम्बोधन गर्दैैै सरकारका प्रवत्ता समेत रहेका कार्कीले कला, संगित विशिष्ठ पहिचान मात्रै भई राष्ट्रिय गौरब पनि बढाएको छ । ‘राष्ट्रिय एकतालाई अझ मजबुद बनाउने काम गरेको छ,’ मन्त्री कार्कीले भने–मौलिक संस्कृतिको सम्बद्र्धन तथा प्रवन्धन गर्ने कला क्षेत्रको महत्वपूर्ण भूमिका छ ।’

आर्थिक हिसाबले सम्पन्न हुन नसकेपनि कला संगितको क्षेत्रमा नेपाल समृद्ध भईसकेका मन्त्री कार्कीले बताए । उनले लोभ लाग्दो गरि यो क्षेत्रले फड्को मारेको समेत बताए ।

चलचित्र विकास बोर्डको हलमा भएको कार्यक्रममा मन्त्री कार्कीले अवार्ड समेत वितरण गरेका थिए । कार्यक्रम अवधिभर नबसेका मन्त्री कार्की अवार्ड वितरण कार्यक्रम विचमा छाडेर हिडेपछि कलाकार सन्दिप क्षेत्रीले उनको आलोचना गरेका थिए ।
क्षेत्रीले कलाक्षेत्रको कार्यक्रममा प्रयाप्त समय नदिएको भन्दै गुनासो पोखेका छन् । उनले कलाकारको गुनासो र समस्या सुन्ने गरि समय छुट्याउन आग्रह गरेका थिए ।

 

nijgadh-supermart-adz1200-630