skip this farak Kura Pravakar

इन्जिनियरिङ अध्ययन संस्थानले माग्यो उपप्राध्यापकसहित ४० जना

1.95K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान डिन कार्यालयले विभिन्न क्याम्पसका लागि करार सेवामा उपप्राध्यापकलगायत पदमा आवेदन खुला गरेको छ।

पुल्चोक क्याम्पस, पूर्वाञ्चल क्याम्पस धरान, पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखरा, चितवन इन्जिनियरिङ क्याम्पस रामपुर, त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान परामर्श सेवा पुल्चोकका लागि विभिन्न पदमा आवेदन माग गरिएको छ।

इच्छुकले चैत २५ भित्र आवेदन दिइसक्नुपर्नेछ।
पुल्चोक क्याम्पसका लागि ११ जना उपप्राध्यापक माग भएको छ भने प्राविधिक अधिकृत २ जना र मुख्य प्राविधिक सहायक चार जना माग भएको छ।

साथै प्राविधिक सहायक २ जना र कार्यालय सहायक प्रशासनतर्फ चार जना माग भएको छ।

पश्चिमाञ्चल क्याम्पसका लागि ८ जना उपप्राध्यापक र प्राविधिक सहायक ३ जना माग भएको छ।

यस्तै पूर्वाञ्चल क्याम्पसका लागि चार उपप्राध्यापक र चितवन इन्जिनियरिङका लागि एक जना उपप्राध्यापक माग भएको छ।

पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसका लागि परामर्श सेवाका लागि एक जना कार्यालय सहायक माग भएको छ।

त्रिविले आज सूचना निकालेर आवेदन खुला गरेको छ। यसबारे विस्तृतमा www.ioe.edu.np मा हेर्न सकिनेछ।

nijgadh-supermart-adz1200-630