skip this farak Kura Pravakar

विश्व बैंकमा नेपालका लागि १५ करोड डलर ऋण स्वीकृत

1.51K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । विश्व बैंकले नेपालका लागि थप १५ करोड अमेरिकी डलर करिब १८ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ ।

नेपालमा वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधान विविधीकरण गर्न र वित्तीय सेवाहरूमा पहुँच पुर्‍याई हरित, लचिलो र समावेशी विकास निम्ति ‘वृद्धिको लागि वित्त’ शीर्षकमा सो विकास नीति ऋण स्वीकृत गरेको बैंकले जानकारी दिएको छ ।

माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भोसले यो परियोजनाले नेपालको वित्तीय क्षेत्र बलियो बनाएर हरित, लचिलो र समावेशी पुनरुत्थान र वृद्धि मार्गमा योगदान पुर्‍याउने दाबी गरेका छन्‌ ।

पूँजी, बीमा र प्रकोप जोखिम वित्तीय बजारहरू खोल्न मद्दत गर्ने पनि बैंकले जनाएको छ । यसले बाह्य व्यावसायिक उधारोमा पहुँच, वित्तीय डिजिटलाइजेसन र महिलाहरूको लागि वित्तीय साक्षरताको माध्यमबाट तरलता र समावेशीता बढाउने पहलहरूलाई पनि समर्थन गर्ने तथा निजी क्षेत्रको नेतृत्वमा भएको वृद्धिलाई सहयोग पुर्‍याउन वित्तीय क्षेत्रको कार्यशैली सुधार गर्न मद्दत पुग्ने विश्व बैंकले उल्लेख गरेको छ ।

nijgadh-supermart-adz1200-630