skip this farak Kura Pravakar

निजगढका गाैतम भूमि आयाेग बाराकाे विज्ञ सदस्य नियुक्त

हालै एमाले छाडेर माओवादी प्रदेश गरेका थिए

2.43K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । नेपाल सरकारद्वारा गठित भुमी आयोग बारा जिल्लाको विज्ञको रुपमा निजगढका केदारप्रसाद गाैतम नियुक्त भएका छन् ।

नेकपा(माओवादी केन्द्र) बाट आयाेगकाे ४ बर्षे कार्यकालको लागि नियुक्ति हुनु भएकोमा हुन् ।

गाैतम हालै नेकपा एमाले परित्याग गरेर माओवादी प्रवेश गरेका हुन् ।

शैक्षिक हस्तीका रुपमा पहिचान बनाएमा गौतम सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका केद्रीय सदस्य एवं मधेस प्रदेशका इन्चार्ज हुन् ।

भुमिहिन, दलित र अव्यवस्थित, सुकुम्बासी समस्या समाधानको विषयमा बारा जिल्ला सहित निजगढको अव्यवस्थित र जनयुद्धकालिन बसोबासी जनताहरुलाई जग्गाको हकदार बनाउन भुमिका खेल्ने गाैतमले बताए । फरकनेपालसंग टेलिफोनमा भने-पार्टीले मुल्यांकन गरेर दिएकाे जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने छु ।

सत्ता गठबन्धनको बीचमा भागबन्डामा आयाेगकाे पदाधिकारी र सदस्य नियुक्त भइरहेकाे छ । बारामा नेतृत्व टुङ्गो लागेकाे छैन् ।

अध्यक्षमा नेकपा एस र जसपाकाे दाबी छ । माओवादीकाे प्रस्तावमा गाैतम विज्ञ सदस्यमा नियुक्त भएकाे युवा नेता सन्ताेष दंगालले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630