मोटरसाइकल दुर्घटना हुँदा पर्सामा एक जनाको मृत्यु
वि.सं.२०७८ चैत २३ बुधवार ११:११
1.31K
shares

काठमाडौं । चैत २३ गते
मंगलबार साँझ पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पर्साको जिराभवानी गाँउपालिका–१ गम्हरियामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार अन्दाजी ४० बर्षीय हेमन्त दास रहेका छन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएका दासको उपचारको क्रममा विरगंज स्थित एलएस न्युरो अस्पतालमा साँझ सवा ६ बजे मृत्यु भएको हो । मंगलबार साँझ ५ बजे उनी सवार रहेको भारतिय नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टीएको थियो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
वि.सं.२०७८ चैत २३ बुधवार ११:११
















