skip this

सरकार र नीजि क्षेत्रले अर्थतन्त्रमा देखिएको समस्यालाई तत्काल समाधान गर्नु पर्छ –अग्निप्रसाद सापकोटा

885 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । अर्थतन्त्रमा देखिएको समस्या छिट्टै समाधान गर्नु पर्ने सभामुख अग्निप्रसाद सापकोटाले बताउनु भएको छ । उहाँले नेपाल चेम्बर अफ कमर्सको ७१ औ वार्षिकोत्सवमा बोल्दै अर्थतन्त्रको समस्या समाधान गर्नु पर्ने बताउनु भएको हो । नीजि क्षेत्र र सरकारले निरन्तर छलफल र सम्बाद गरेर सबै समस्या समाधान गर्नु पर्ने उहाँको भनाई छ ।

उहाँले सरकारका मुख्य सचिवले समस्या समाधान गर्न तयार रहेको बताउनु भएको छ । सभामुख सापकोटाले अब सरकार र नीजि क्षेत्रले समस्यालाई तत्काल समाधान गर्नु पर्ने जिकिर गर्नु भएको छ । उहाँले अहिलेको आर्थिक समस्यालाई समाधान गर्न स्वदेशी उत्पादन बढाउनु पर्ने सभामुख उल्लेख गर्नु भएको छ । उहाँले नेपालमा औधोगिक उत्पादन बढाएर निर्यात बृद्दी र आयात प्रतिस्थापन नै आर्थी समस्या समाधान गर्ने प्रमुख उपाय रहेको बताउनु भएको छ ।

nijgadh-supermart-adz1200-630