skip this

निजगढका मेयर खनालद्वारा नगरपालिकालाई सरकारी गाडी फिर्ता

2.39K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । बाराको निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनालले आफुले प्रयोग गर्दै आएको सवारीसाधन नगरपालिकालाई फिर्ता गरेका छन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागी आचारसंहिता लागु भएपछि जनप्रतिनिधिले सवारी साधन फिर्ता गरिरहेका छन् ।

नेपाली कांग्रेस–नेकपा (माओवादी केन्द्र) गठबन्धनबाट निर्वाचित मेयर खनालले प्रयोग गर्दैै आएका गाडीको चाबी बुधबार प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीलाई चाबी हस्तान्तरण गरेका हुन् ।

मेयर खनालले सवारीसाधनसंगै व्यक्तिगत रुपमा प्राप्त हुने अन्य सेवा सुविधाहरु पनि नलिने घोषणा गरेका छन् । मेयर खनाल आसन्न स्थानीय तह निर्वाचनमा पुनः निजगढको मेयर पदको आकांक्षी हुन् ।

nijgadh-supermart-adz1200-630