भारतमा अवैध रुपमा सामान भित्र्याउने क्रममा ७१ बोरा चिनी बरामद
वि.सं.२०७९ वैशाख ३ शनिवार १२:१५
1.92K
shares

काठमाडौं ।महोत्तरीको सीमा इलाकामा सशस्त्र प्रहरी बलले ७१ बोरा चिनी बोकेको तीन वटा मोटरसाइकल समातेको छ ।स्थानीय सम्सी गाउँपालिका ७ को नेपाल भारत सीमाना नजिकै ती चिनी फेला परेको हो ।
सशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहिनीको स्क्वाड टोलीले सर्च कारबाहीमा लुकाई छिपाई भारतबाट ल्याउँदै गरेको उक्त चिनी बरामद गरेको हो । ती चिनी दुई वटा नेपाली नम्बर प्लेट र एउटा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा हालेर नेपालतर्फ ल्याउँदै गर्दा फेला परेको हो ।
वि.सं.२०७९ वैशाख ३ शनिवार १२:१५

















