लाईटर पड्केर आगलागी हुदाँ रौतहटमा ६ घर जले
अढाई घण्टापछि नियन्त्रणमा
वि.सं.२०७९ वैशाख ३ शनिवार १९:१०
सांकेतिक तस्बिर
काठमाण्डौं । रौतहटको चन्द्रपुर नगरपालिका–३ भोलनटारमा शनिबार दिउँसो आगलागी हुदाँ ६ वटा घर र एउटा गोठ जलेर नष्ट भएको छ । आगलागीबाट घरमा भएका सबै सरसामान जलेर नष्ट भएको छ ।
स्थानीय हस्तबहादुर स्याङ्गतानको घरमा लाईटर पड्केर सुरु भएको आगोले उनको दुई वटा घर र गोठ जल्नुका साथै छिमेकीको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट ४ वटा काठका घर पूर्ण रुपमा दुई वटा आंशिक रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक सन्तु जयसवालले जानकारी दिए । उनका अनुुसार आगलागीबाट मानविय र चौपायामा क्षति भएको छैन ।
आगो नियन्त्रणमा लिन चन्द्रपुर, हरिवन र निजगढ नगरपालिकाबाट पुगेको दमकलले अढाई घण्टापछि नियन्त्रणमा आएको छ । आगलागीबाट १६ लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।
वि.सं.२०७९ वैशाख ३ शनिवार १९:१०

















