अर्थमन्त्री शर्मालाई राजीनामा दिन कांग्रेसका महामन्त्री शर्माको आग्रह
वि.सं.२०७९ वैशाख ७ बुधवार १२:२५

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले घुमाउरो भाषामा आशय व्यक्त गर्नु भएको छ । उहाँले आज समाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै पूर्वअर्थमन्त्री एवं कांग्रेस नेता महेश आचार्यको प्रसंग स्मरण गर्दै नेता शर्माले यस्तो बताउनु भएको हो ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा अर्थमन्त्री रहेका आचार्यले गभर्नर बर्खास्त गर्ने आफ्नो निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि नैतिकताका आधारमा राजीनामा दिएका थिए । गभर्नर महाप्रसाद अधिकारीको निलम्बन सर्वोच्चले बदर गरिदिएपछि अर्थमन्त्री जनार्दन शर्मामाथि पनि राजीनामा दिनुपर्ने चौतर्फी दबाब छ ।
उहाँले नेता महेश आचार्यको तस्विर पोस्ट् गर्दै ट्विटरमा लेख्नु भएको छ , ‘बेलाबेला यस्तो तस्बिरर पोस्ट् गर्न पाइयोस् र भन्न सकियोस्– नैतिक मूल्यको प्रस्तुतिले नै सुन्दर बन्दै जान्छ राजनीति ।’
वि.सं.२०७९ वैशाख ७ बुधवार १२:२५

















