skip this

सप्तरीमा आगलागी, करिब २५ लाख बराबरको क्षति

1.25K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।सप्तरीमा मंगलबार भएको आगलागीमा करिब २५ लाख बराबरको क्षति भएको छ ।राजविराज नगरपालिका वडा नम्बर १० मट्टीगढी भएको आगलागीमा चार वटा गोठ जलेर नष्ट भएका छन् ।

मटीगढी शर्मा टोलका तेजनारायण शर्मा, गुलटेन सुतिहार, उमेशकुमार शर्मा, सकलदेव शर्मा र शिवनाथ यादवका गोठ जलेर खरानी भएको स्थानीयले बताए । गाई ,भैंसीलाई खुवाउने भुस , पराल , धान तथा काठ जलेर नष्ट भएपछि करीव २० लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

nijgadh-supermart-adz1200-630